अछाम । दुई दशकभन्दा बढी समय अछामको पत्रकारिता क्षेत्रमा सक्रिय रहेर जनताको आवाज उठाएका, सामाजिक न्याय, सुशासन र समाज रूपान्तरणका सवालमा निरन्तर कलम चलाएका युवा नेता बिनोद थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि मैदानमा उत्रिएका छन्।
पत्रकारितालाई केवल पेशाका रूपमा होइन, समाज परिवर्तनको माध्यमका रूपमा प्रयोग गर्दै आएका थापाले अछामका दुर्गम बस्ती, पिछडिएका समुदाय र आवाजविहीन नागरिकका समस्यालाई सञ्चारमाध्यममार्फत निरन्तर उठाएका थिए । अछामका विकासका सवाललाई राष्ट्रिय बहसमा पुर्याउन उनले खेलेको भूमिकालाई स्थानीयस्तरमा स्मरण गरिन्छ।
जनताको दुःख, समस्या र अपेक्षासँग प्रत्यक्ष जोडिएर काम गरेका कारण थापाको जिल्लाका विभिन्न क्षेत्रका नागरिकसँग लामो समयदेखिको सम्बन्ध रहेको उनका समर्थकहरू बताउँछन्। उनीसँग जोडिएका व्यक्तिहरूका अनुसार थापाको राजनीतिमा प्रवेश व्यक्तिगत लाभभन्दा पनि समाज र जनताका लागि केही गर्ने उद्देश्यसँग जोडिएको छ।
छाउपडी, छुवाछुत, अशिक्षा, गरिबी, विकासमा पछाडि परेको अवस्था तथा सरसफाइजस्ता सामाजिक सवालमा सञ्चारमाध्यमबाट आवाज उठाउँदै परिवर्तन ल्याउन भुमिका खेलेका थापाले अछामको विकास र सामाजिक रूपान्तरणका मुद्दालाई निरन्तर प्राथमिकतामा राखेको बताइन्छ।
“राजनीति भाषण गर्ने ठाउँ मात्र होइन, जनताको जीवनमा परिवर्तन देखिने गरी काम गर्ने माध्यम हुनुपर्छ” भन्ने धारणा राख्ने थापा परिणाममुखी काममा विश्वास गर्ने युवा नेताका रूपमा आफूलाई अघि सारिरहेका छन्।
उपेक्षित, उत्पीडित तथा पछाडि परेका वर्ग र समुदायका सवालमा स्पष्ट आवाज उठाउँदै आएका थापा सामाजिक सेवामा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने मान्यता राख्छन्। यही पृष्ठभूमिका कारण कांग्रेसभित्र उनको उम्मेदवारीलाई नयाँ पुस्ताको सहभागिता र अनुभवको संयोजनका रूपमा समेत हेरिएको छ।
अछामबाट पत्रकारिता विषयमा स्नात्तकोत्तर गर्ने पहिलो व्यक्ति थापाले पत्रकारितामार्फत हासिल गरेको अनुभवलाई अब राजनीतिक यात्रामार्फत समाज परिवर्तनमा प्रयोग गर्ने बताएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै थापाले लामो समयदेखि जनतासँग जोडिएर काम गरेको अनुभव, सञ्चार क्षेत्रबाट प्राप्त सामाजिक सम्बन्ध र युवाको ऊर्जा राजनीतिक क्षेत्रमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवा पुस्तामाझ उनको उम्मेदवारीप्रति उत्साह देखिएको समर्थकहरूको भनाइ छ। अछाम क्षेत्र नं. २ मा मात्र नभई जिल्लाका अन्य क्षेत्रमा पनि आफ्नो सम्बन्ध र पहुँच रहेको थापाको दाबी छ।
दुई दशकभन्दा लामो पत्रकारिता यात्रामा जनताको आवाज बनेका थापा अब त्यही अनुभव बोकेर राजनीतिक यात्रामा अघि बढेका छन्। पत्रकारितामा उठाएका जनताका सवाललाई नीति निर्माण र राजनीतिक नेतृत्वसँग जोड्ने उनको समन्वयकारी भुमिकाकाे मुल्यांकन गरिन्छ । केही बर्ष अमेरिका समेत बसेका थापा संग राष्ट्रिय, अन्तरास्ट्रिय विकास, समाज परिर्वतन र बिभिन्न मुद्धाका बिषयमा अनुभव रहेको छ ।














प्रतिक्रिया