काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा अछाम–काठमाडौं सम्पर्क समितिका सभापति जनक धामीले क्षेत्रीय कार्यसमितिको भवन निर्माणका लागि रु. ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
संगठनलाई थप व्यवस्थित, सुदृढ र संस्थागत बनाउन भौतिक संरचनाको विकास आवश्यक रहेको बताउँदै धामीले भवन निर्माणका लागि उक्त सहयोग गर्ने घोषणा गरेका हुन्।
केन्द्रीय महाधिवेशन खुला पदका उम्मेदवार समेत रहेका जनक धामीले पार्टी संगठनको सुदृढीकरण, कार्यकर्ताबीचको एकता र संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशनको उद्घाटन सत्रमै क्षेत्रीय कार्यसमितिको भवन निर्माणका लागि ५ लाख सहयोगको घोषणा गरेपछि धामीको घोषणालाई सहभागी नेता तथा कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन्।
धामीले संगठनको आवश्यकता र कार्यकर्ताको हितलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि रचनात्मक तथा संस्थागत कार्यमा आफ्नो भूमिका निरन्तर रहने बताएका छन्।














प्रतिक्रिया