अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नं. २ बाट बिनोद कुमार थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
खस आर्य क्लस्टरतर्फ भएको निर्वाचनमा ४ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था रहेकामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। कडा प्रतिस्पर्धाबीच थापाले निर्वाचनमा सफलता हासिल गर्दै महाधिवेशन प्रतिनिधिको स्थान सुरक्षित गरेका हुन्।
थापा लामो समयदेखि अछाममा पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका थापाले दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताएका उनले सामाजिक न्याय, सुशासन, विकास तथा पछाडि परेका समुदायका सवाललाई सञ्चारमाध्यममार्फत निरन्तर उठाएका थिए।
युवा नेता थापाले पत्रकारिताबाट प्राप्त अनुभव, जनतासँगको सम्बन्ध र युवाको ऊर्जालाई राजनीतिक क्षेत्रमा प्रयोग गर्दै सामाजिक रूपान्तरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि थापाको आगामी राजनीतिक यात्रामा नयाँ जिम्मेवारी थपिएको बताए । थापा संगै खस आर्य कलष्टरबाट कर्ण बुढा, नवराज चलाउने र बीपि रेग्मी विजयी भएका छन् ।














प्रतिक्रिया