अछाम — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछामबाट ३५ वर्षमुनिका युवा समूह (U-35) खुलातर्फ निराजन शाही लोकप्रिय मतसहित विजयी भएका छन्।
अछाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका शाहीले ५२० मत प्राप्त गर्दै युवा समूह खुलातर्फ उल्लेख्य मतसहित विजय हासिल गरेका हुन्।
युवा प्रतिनिधित्वका लागि भएको प्रतिस्पर्धामा शाहीसँगै रामप्रसाद भाट राकेश पनि विजयी भएका छन्। भाटले ३२५ मत प्राप्त गरे ।
शाहीको लोकप्रिय मतसहितको विजयलाई अछाममा युवा पुस्तामाझ उनको बलियो समर्थनका रूपमा हेरिएको छ।
विजयपछि शाहीले आफूलाई मतदान गर्ने सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा युवाका मुद्दा र संगठन सुदृढीकरणका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।














प्रतिक्रिया