सुर्खेत- कर्णालीका सबै जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। सबैभन्दापछि अर्थात जेठ ५ गते पहिलो संक्रमण देखिएको कर्णालीमा आजसम्म आइपुग्दा प्रदेशका १० वटै जिल्लामा कोरोना संक्रमण फैलिएको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार रुकुमपश्चिमको मुसिकोट नगरपालिका ११ का ३३ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएसँगै कोरोना प्रदेशभर फैलिएको हो। शनिबार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान…