सुर्खेत - कर्णाली प्रदेश अस्पताल सुर्खेतका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित पाँच जना प्राविधिकतर्फका स्वास्थ्यकर्मी हुन्। संक्रमितमध्ये एक जना…