काठमाण्डौ: लगातारको वर्षासँगैको पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ। उपचारका लागि जिल्ला अस्पताल लगिएको…