धनगढी: सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ। ५० शय्याको अस्पतालमा अहिले ३७ जना संक्रमित उपचाररत छन्। तीमध्ये ३ जनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखेर तथा १० जनालाई अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको छ। अस्पतालमा १० वटा भेन्टिलेटर र २० वटा आइसियू बेड छन्। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अहिले दैनिक…