अछाम । जिल्ला प्रशासन कार्यालय अछामले राहत वितरण कार्यमा एकद्धार प्रणाली अबलम्बन गर्न आग्रह गरेको छ । हालै जिल्लाका बिभिन्न ठाँउमा बाढी पहिरोबाट प्रभावितहरुलाई राहत वितरण गर्दा एकद्धार प्रणाली अवलब्मन गर्न आग्रह गरेको हो । जिल्ला भित्र तथा बाहिर बिभिन्न संघ संस्था तथा व्यक्तीहरुले संकलन गरिरहेको राहतलाई बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा…