धनगढीः सेती करिडोरमा उच्च भोल्टेज क्षमताको प्रसारणलाइन निर्माणका लागि अध्ययन अन्तिम चरणमा पुगेको छ। सेती करिडोर ४ सय केभी प्रसारणलाइन आयोजनाको जग्गा प्राप्ति गर्ने प्रारम्भिक काम कारबाही गर्ने अधिकारी तोक्ने निर्णयसँगै यो काम अघि बढेको थियो। अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो रुटमा अत्तरिया–बलाँच १३२ केभी प्रसारणलाइन सञ्चालनमा छ। जसले चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादिन बिजुली राष्ट्रिय…