बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ । सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र…