डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्थानीय गण्डिगाड खोलाले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु रहेकी छन्। दिउँसो गाइ चराउन गोठालो गएको बेला गण्डिगाड खोलाले बगाउँदा बालिका बेपत्ता भएकी हुन्। बेपत्ता बालिकाको…