मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेवारिसे अवस्थामा फेला परेको चितुवाको बच्चालाई जङ्गलमै छोडियो

बेवारिसे अवस्थामा फेला परेको चितुवाको बच्चालाई जङ्गलमै छोडियो


रमेश रावत, अछाम –

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानमा बेवारिसे अवस्थामा फेला परेको चितुवाको बच्चालाई जङ्गलमै छोडिएको छ । आईतवार बेलुकी स्थानिय जीवन साउदको घरमा नजिकै फेलापरेको चितुवाको बच्चालाई अस्थायी प्रहरी पोस्ट बेलखेतको सहयोगमा डिभिजन बन कार्यालय बिनायकमा बुझाइएको हो ।

“बेलुकी पाँच बजेतिर साउदजीको घरमा बाघको बच्चा भेटियो भनेपछि हामी गएका हौ” अस्थायी प्रहरी पोस्ट बेलखेतका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश नाथले भने “हामी पुगेपछि बन कार्यलयलाई जानकारी गरायौ” ।

अन्दाजी एक महिनाको चितुवाको बच्चालाई सोमबार स्थानिय जनप्रतिनिधि, प्रहरी,प्रशासन र पत्रकारको रोहबरमा फेलापरेको ठाउँ नजिकैको कालिका सामुदायिक बनमा छोडिएको छ ।

४४ सेन्टिमिटर लम्बाइ, १६ सेन्टिमिटर उचाई र डेढ किलो तौल भएको चितुवाको बच्चालाई पुनः जङ्गलमै छोडिएको डिभिजन बन कार्यालय बिनायकका फरेस्टर चन्द्रकान्त उपाध्यायले जानकारी दिए ।

कालिका सामुदायिक बनमा बिगत देखि चितुवा देखिने गरेको उक्त बनका सचिब गोपाल बिष्टको भनाई छ । जङ्गलमा चितुवाको बच्चा देखिएपछी स्थानीयहरुलाई जङ्गलमा जादा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।