मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १७ उडान

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १७ उडान


काठमाडौँ – मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन्। अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ।

आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ। त्यस्तै हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ। सोही एयरलाइन्सले माल्दिभ्सबाट १५६ यात्रु ल्याएको छ।

जजीरा एयरले कुवेतबाट १६०, एयर अरेबियाले सारजहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ। हिमालयले चीनको कुम्लिंमा दुई कार्गो उडान गरेको छ। आज राति नेपाल एयरलाइन्सको वाइड बडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको जनाइएको छ। 

त्यसैगरी हिमालय एयरलाइन्सको जहाज आज राति १० बजे दोहा उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ। आन्तरिकतर्फ आज समिट र तारा एयरले लुक्लामा समान एक उडान गरेका छन्। मनाङ एयरको लुक्लामा तीन उडान भएको छ।

सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बु र कैलाश एयरको हेलिकप्टरले भैरहवा उडान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। त्यस्तै कतार एयरले ३०३ यात्रु लिएर दोहा उडेको छ। रासस