काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरीत भएको बताएको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले विज्ञप्ति जारी गरी कोभिड-१९ महामारीविरुद्ध मुलुक एकजुट हुनुपर्ने बेलामा अध्यादेश ल्याउनु अनावश्यक र संविधानको भावना विपरीत भएको बताएका हुन् ।…