मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीका पछिल्ला कदम संविधान विपरित : कांग्रेस युवा नेता महर

प्रधानमन्त्रीका पछिल्ला कदम संविधान विपरित : कांग्रेस युवा नेता महर


नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री ओलीका पछिल्ला कदम र गतिविधी संविधानवाद र लोकतन्त्रका विश्वव्यापी मान्यताका विरुद्धमा रहेको बताएका छन् ।

कोरोना विरुद्धको लडाईमा सरकार माथी लागेका गम्भीर आरोपलाई विषयान्तर गर्न प्रधानमन्त्रीले धेरै हर्कत गर्दै आएका र पछिल्लो कदम पनि त्यसैको संकेतको रुपमा नेता महरले अथ्र्याएका छन् ।

स्थिर सरकारका माध्यमले राजनीतिक स्थायित्व ल्याउने नेकपाको घोषणा पत्रमा चट्यांग परे जस्तो छ । कोरोना विरुद्धको लडाईमा सरकार माथी लागेका गम्भीर आरोप लाई विषयान्तर गर्न प्रधानमन्त्रीले धेरै हर्कत गर्दै आएका छन ।, नेता महर भनछन्, ओलीको पछिल्लो कदम निंकुशता लाद्ने प्रस्थान बिन्दु पनि हो ।

यो दुरी कति माईल टाढा छ भन्न न सकिए पनि , यो सवै राजनीतिक दल र लोकतन्त्रवादीहरुको सामूहिक बिषय भने बनिसकेको छ ।

यती ठूलो गम्भीर र जघन्य विषयमा सर्वदलिय र सर्वपक्षिय वैठक आयोजना गरेर लोकतान्त्रिक पद्धति जगेर्नाको नेतृत्व गर्ने ज़िम्मेवारी वहन गर्न काँग्रेस अग्रसर हुने वेला आईसकेको नेता महरको भनाई छ ।