कानेपोखरी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी जंगलछेउ ‘पेट्रोल खानी जाने बाटो’ लेखिएको बोर्ड छ। यसले संकेत गरेतर्फ जाँदा सात किलोमिटर दक्षिणतिर बस्तीबीच तारजालीले बारेको झाडीमा पुगिन्छ। पाँच बिघामा फैलिएको यस क्षेत्रलाई पेट्रोल खानी भनिँदै आएको छ। मुख्य प्रेवशद्वारमा ढाट बनाइएको छ। त्यसको केही मिटरभित्र झाडीबीच सिमेन्ट प्लास्टर गरेको (भलिबल कोर्टजत्रो) स्थानमा अमेरिकी कम्पनी सेलले २०४५ सालमा…