मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनमा ३५ जना ज्यालादारुी कामदारलाई खाद्यान्न बितरण

रामारोशनमा ३५ जना ज्यालादारुी कामदारलाई खाद्यान्न बितरण


चैत्र, १९ अछाम

रामारोशन गाउँपालिकाले पालिकामा दैनिक ज्यालादारी काम गर्दै आएका कामदार लाई खाद्यान्न बितरण गरेको छ । जिल्ला बाहरी बाट आएर गाउँपालिकाका बिभिन्न ठाउँमा ज्यालादारी काम गर्दै आएका ३५ जना कामदारहरु लाई प्रतिव्यक्ति १० केजी चामल, १।४२ केजि दाल, १ पोका तेल, १ पोका नुन सहितका सामग्रि हस्तान्तरण गरिएको हो ।

कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले खाद्यान्न बितरण गरिएको गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले बताउनुभयो ।

लकडाउनका कारण समस्यामा परेका जो कोहीलाई पनि गाउँपालिकाले समस्या पहिचान र प्राथमिकताका आधारमा सहयोग प्रदान गर्ने भन्दै अध्यक्ष साउदले नआत्तिन पालिकावासि र दैनिक ज्यालादारी काम गर्दै आएकाहरुमा अपिल गर्नुभएको छ । यस्तै कोरोना संक्रमणको जोखिमलाई ब्यवस्थापन गर्दै गाउँपालिकाले बिभिन्न क्रियाकलापहरु सञ्चालन गरको बताउदै यो विपतको बेला सबैले एकजुठ भएर एक अर्काको दुखमा साथ दिनुपर्ने अध्यक्ष साउदले बताउनुभयो । कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई कार्यान्वयन गर्न पनि गाउँपालिका बासीमा अध्यक्ष साउदले आग्रह गर्नुभयो ।

कोरोना भाईरस संक्रमण न्यूनिकरणका लागि दुरी ब्यवस्थापन सहित खाद्यान्न बितरण गरिएको थियो । खाद्यान्न वितरणमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, नेपाल कम्युनिष्ट नेकपाका जिल्ला कमिटी सदस्य ललिता वुढा, नेपाली काग्रेसका पुष्प विष्ट, शिक्षा शाखाका अर्जुन रावल, स्वास्थ्य शाखाका दिपक खनाल लगायतको सहभागीता रहेको गाउँपालिकाका एम आई एस अपरेटर दल बहादुर साउदले जानकारी दिनुभएको छ ।