धनगढी : विश्वमै महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणको आशंकामा सुदूरपश्चिमबाट अहिले सम्म ४३ जनाको नमूना संकलन गरिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले सम्म सुदूरपश्चिमका कैलाली, कञ्चनपुर बाजुरा, बैतडी, डडेल्धुरा र डोटीबाट ४३ जनाको थ्रोट स्वाव संकलन गरिएको हो। परीक्षणका लागि भने ३२ जनाको स्वाव मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशाला निरीक्षक…