मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी जवान लिखित परीक्षाकाे नतिजा सार्वजनिक, सुची सहित

प्रहरी जवान लिखित परीक्षाकाे नतिजा सार्वजनिक, सुची सहित


काठमाडौं- लोकसेवा आयोगले गएको मंसिर २८ गते लिएको प्रहरी जवानको परीक्षाफल प्रकाशित भएको छ ।

१४ हजार पाँच सय ११ जना सहभागी भएको लिखित परीक्षामा ७ हजार १२८ जना पास भएको आयोगले जनाएको छ।

पास भएकाहरुमा २ हजार ८ सय २५ जना खुलाबाट, १३ जना अशक्तबाट, १ हजार ३ सय ७७ जना आदिवासी जनजातिबाट, ९ सय ३५ मधेशीबाट, ९ सय ६९ महिलाबाट, ७ सय ११ दलितबाट र २ सय ९८ पिछडिएको क्षेत्रबाट छन्।

प्रहरी प्रधान कार्यालयले ३ हजार ६ सय ७६ जना प्रहरी जवान मागेको थियो ।

लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ।

हेर्नुहोस् को को भए पास ?

https://drive.google.com/file/d/1cNjE4MC_b_6ojkjsCKg05OC2af_vSs09/view