मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिस्चार्ज हुँदै गर्दा प्रधामन्त्रीले डाक्टर र स्वास्थ्यकर्मीलाई भने – थ्याङ्क यू

डिस्चार्ज हुँदै गर्दा प्रधामन्त्रीले डाक्टर र स्वास्थ्यकर्मीलाई भने – थ्याङ्क यू

करिब ६ लाख उपचार खर्च : अस्पताल


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली १२ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार डिस्जार्च भएका छन्।

उनले शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उपचारमा संलग्न चिकित्सक तथा सबै स्वास्थ्यकर्मीलाई ‘थ्याङ्क यू’ भनेका छन्। 

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले भने,‘प्रधानमन्त्री धेरै केही भन्नुभएन। उहाँले सबैलाई थ्याङ्क यू भन्नुभयो।’

प्रधानमन्त्री ओलीको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको हो।

घाउ निको हुन केही समय लाग्ने भएकोले उनलाई राम्ररी हिँडडुल गर्न दुई हप्ता लाग्ने बताइएको छ। तर, उनले केही दिनमै निवासबाट काम सुरु गर्न सक्ने बताइएको छ।

प्रधानमन्त्रीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार चिकित्सकीय निगरानीमा राखिनेछ। त्यसका लागि आवश्यक चिकित्सक, नर्स र अन्य चिकित्सकीय व्यवस्था निवासमै गरिएको छ। जसको व्यवस्था प्रधानमन्त्री कार्यालयले गर्ने बताइएको छ।

अस्पतालका कार्यकारी निर्देशक खड्गाले प्रधानमन्त्रीले स्वेदशको अस्पतालमा उपचार गराएर उत्साहित बनाएको बताए। उनले सरकार प्रमुख अस्पतालमा आएर उपचार गर्दा गर्व लागेको भन्दै अन्य व्यक्तिले पनि स्वदेशमै उपचार गर्ने विश्वास गरको बताए।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा अरु साधारण बिरामीलाई जति  नै खर्च लागेको उनले बताए। उनले भने,‘उपचारका क्रममा भएको खर्चको बील प्रधानमन्त्री कार्यालय पठाइनेछ। त्यसको पेमेन्ट कसरी हुन्छ अहिले भन्न सकिदैँन।’

उपचारका क्रममा अनुमानित साढे पाँच देखि छ लाख जति खर्च भएको अनुमान शिक्षण अस्पतालले गरेको छ।  तर त्यसको हिसाब भने गर्न बाँकी रहेको अस्पतालको भनाई छ। – स्वास्थ्य खबरबाट