मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स हुँदै

आज सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स हुँदै

नेपालका तर्फबाट प्रधानमन्त्री ओली आफैँ सहभागी हुँदै


काठमाडौं । चीनकाे वुहानबाट सुरु भएर विश्वव्यापी महामारी घाेषणा भएकाे कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज सँझ भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् ।

बेलुका सवा ५ बजे सार्क राष्ट्रका प्रमुखहरुबीच भिडियो संवाद हुन लागेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि त्यसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने प्रस्ताव अघि सारेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै ट्वीट गर्दै प्रधानमन्त्री मोदीको प्रस्तावमा समर्थन जनाएका थिए । यसैगरी मोदीको प्रस्तावलाई अन्य सार्क राष्ट्रहरुले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुने छन् । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र छ ।

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्ने छन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना रहेकाे बताइएकाे छ । – आजको न्यूज बाट