मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दर्ना लघुजल विद्युतको अनुगमन

दर्ना लघुजल विद्युतको अनुगमन


बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले दर्ना लघु जलविद्युतको केही दिन अघि भत्किएको कुलाको स्थलगत अनुगमन गर्नुभएको छ ।

बिधुतको कुलो भत्किएर दर्नाका जनताहरु अध्यारोमा बस्नुपर्ने बाध्यता आएको भन्दै छिटो भन्दा छिटो सुचारु गर्न गाउँपालिका अध्यक्ष खड्का सहितको टोलिले भत्किएको कुलाको स्थलगत अनुगमन गरेको बताईएको छ ।

गाउँपालिका अध्यक्ष खड्काले बिधुत लाई छिटो सुचारु गरि दर्नाका उपभोक्ताहरु लाई उज्यालो दिनका लागि तत्काल काम थाल्न समिती लाई निर्देशन दिनुभएको छ ।

उहाले बिधुतको कुलो भत्किएको जानकारी पाएपछि आफुले प्राबिधिक सहितको टोलि लिएर आएको भन्दै बिधुत सुचारु गर्नका लागि आवश्यक पहल गरिने बताउनुभएको छ ।

उहाँले गाउँपालिकाले बजेट जुटाई काम सुचारु गर्नका लागि प्राबिधिक स्टमेट तयार गरेर काम गर्ने र छिटो समन्न गरि बित्ती बाल्नका लागि आफू पहल गर्ने बिश्वास दिलाउनु भएको थियो ।

साथै गाउँपालिका अध्यक्ष खड्काले गाउँपालिका र वडा सरकारले मात्र चासो दिएर नहुने भन्दै स्वयम उपभोक्ता पनि जागरुक हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।

यस्तै वडा अध्यक्ष कृष्ण बहादुर कडायतले पनि बिधुत सुचारु गर्नेका लागि आफू पनि लागि परेको भन्दै उपभोक्ताहरुले श्रमद्धान गर्नुपर्ने बताउनुभएको छ । भत्किएको बिधुतको कुलो स्थलगत अनुगमनमा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का, वडा अध्यक्ष कृष्ण बहादुर कडायत,

कार्यपालिका सदस्य केशर बिक, नेकपा गाउँपालिका कमिटी सचीव जगत थापा, नेपालि काँग्रेसका वडा सचीव टेक बहादुर साउँद, दर्ना लुघु जलविद्यधु सहकारी सस्थाका अध्यक्ष नयन बहादुर साह, गाउँपालिकाका प्राविधीक, विद्युतका अपरेटर लगायतको सहभागीता रहेको अपरेटर झनक थापाले जानकारी दिनुभएको छ ।