मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगला नेरा माबि वलिगाउकोे स्वर्ण जयन्ति कार्यक्रम स्थगित

मंगला नेरा माबि वलिगाउकोे स्वर्ण जयन्ति कार्यक्रम स्थगित


कमल रावल, अछाम

मंगला नेरा माबि वलिगाउको चैत २६ गते हुने भनिएको स्वर्ण जयन्ति हाललाई स्थगित गरिएको छ ।

विश्वमा त्रासको रुपमा फैलिरहेको कोरोनाभाईरसको जोखिमलाई न्युनिकरणका लागि सरकारले नै सरकारी निकायले गर्ने सार्वजनिक समारोह नै स्थगित गरेकाले विद्यालयको औपचारिक स्वर्ण जयन्ति समारोह स्थगित गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय ब्याबस्थापन समिती अध्यक्ष भैरब बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले स्वर्णजयन्ति समारोह स्थगित गरे पनि विद्यालय स्थापनाको ५० बर्ष पुगेको अवसरमा विद्यालयले प्रकाशन गर्न लागेको स्मारिका प्रकाशनलाई निरन्तरता दिईने निर्णय गरिएको छ ।

स्मारिक पुस्तक प्रकाशनका लागि आवश्यक विज्ञापन संकलन, लेख, रचना संकलन कार्यजारी रहने प्रधानाध्यापक बम बहादुर थापाले जानकारी दिनु भयो ।