मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाले अत्यावश्यक बाहेक सेवा बन्द गर्ने

मंगलसेन नगरपालिकाले अत्यावश्यक बाहेक सेवा बन्द गर्ने


मंगलसेन नगरपालिकाले अत्याआवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने भएको छ । आज एक सुचना जारी गर्दे नगरपालिकाको स्वास्थ,सरसफाई र दमकल सेवा बाहेक सबै सेवा अर्को सुचना जारी नहुदासम्म बन्द गर्ने निर्णय भएको जानकारी दिएको छ ।

नगपालिकाले अतिआवश्यक काम बाहेक नगरबासिलाई घर बाहिर ननिस्कन पनी आग्रह गरेको छ ।

यस्तै चौरपाटी गाँउपालिकाले पनि अति आवश्यक काम बाहेक घरवाहिर ननिस्कन चौरपाटी गाउँपालिकाको आग्रह गरेको छ ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदद्घारा जारी गरिएको अपिलमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० को जोखिमबाट बच्न अति अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

प्रेस विज्ञप्तिमा कोराना भाईरसको जोखिमलाई कम गर्नको लागि गाउँपालिकाले सम्पूर्ण तयारी गरिएको उल्लेख गरिएको छ । गाउँपालिकाका अध्यक्ष साउदद्धारा जारि गरिएको प्रेस विज्ञप्तिमा कोरोन भाईरस वारेमा आत्तिनु पर्ने अवस्था नरहे पनि सावधानि अपनाउनु पर्नेमा जोड दिएको छ ।

यो रोगबाट बच्न मास्कको प्रयोग, साबुन पानीले नियमित रूपमा हात धुने नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि भएको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाईरसका रोगका चिह्न र लक्षण देखिना साथ तुरुन्त स्वास्थ्य संस्थामा जाँच गर्न विज्ञप्तिमा भनिएको छ ।

कोरोना प्रभावित क्षेत्रबाट घर पर्किएका गाउँपालिकाका आम नागरिक तथा अन्य पाहुनासँग तुरुन्त सम्पर्क स्थापति नगर्न, सजक तथा सचेत रहन सवैमा गाउँपालिकाका अध्यक्ष साउदले अपिल गर्नुभएको छ ।