मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत्र ११ गतेदेखि साफेवगर नगरपालिका बन्द हुने

चैत्र ११ गतेदेखि साफेवगर नगरपालिका बन्द हुने


अछामको साफेवगर नगरपालिकाले चैत्र ११ गतेवाट आकस्मिक वाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसले विश्व आक्रान्त भएको बेला स्वास्थ्य तथा सरसफाइ सेवा बाहेक कार्यालयले प्रदान गर्ने सबै सेवा २१ गते सम्मको लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।

कोरोना प्रभावित मुलुक भारतवाट थुप्रै अछामी भित्रीरहेकाले अछामको साफेवगर निकै जोखिममा रहेकोले नगरपालिकाको कार्यालयले कामकाज रोकेको हो ।

नगरपालिकाले विज्ञप्ती जारी गर्दै धेरै भिडभाड नगर्न तथा सजकता अपनाउन आग्रह गरेको छ । साथै कोरोना संक्रमण हुनवाट बच्ने उपायहरु अपनाउन, लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नपनि नगरपालिकाले अनुरोध गरेको छ ।