मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा रहेका नेपाली श्रमिकको एकिन तथ्यांक कसैसंग छैन

भारतमा रहेका नेपाली श्रमिकको एकिन तथ्यांक कसैसंग छैन


छत्र खड्का, पुणे भारत – भारतमा रहेका नेपाली श्रमिकको एकिन तथ्यांक कसै संग पनि नरहेको तथ्य खुलेको छ ।

नेपाली श्रमिकको तथ्यांक सरकार वा कुनै पनि संघ संस्थासंग नरहेको देखिएको छ ।

अहिले कोरोना भाइरसको कारणले विश्व नै आक्रान्त भइरहेको समयमा भारतका विभिन्न कलकारखाना, होटेल तथा सोसाइटीमा काम गर्नुहने नेपाली त्राशपूर्ण अवस्थामा रहेका छन् ।

कतिपय कलकारखाना तथा होटल बन्द गरेर मालिक आफ्नो गृहजिल्लामा फर्किए पनि त्यस ठाउँमा कार्यरत नेपालीको लागि भने खान बस्नको समेत ब्यवस्था हुन नसकेको महाराष्ट पुने स्थित छत्र बहादुर खड्काले गुनासो गरेका छन् ।

उनिहरु जतिसक्दो चाँडो आफ्नो मातृभूमि फर्कन चाहान्छन् भन्दै खड्काले सरकारले आफ्ना नागरिकहरुलाई सकुशल आफ्नो मातृभूमिमा फर्काउनका लागि पहल गर्न आग्रह गरेका छन् ।

सरकारले जतिसक्दो चाँडो त्राशपुर्ण अवस्थामा रहेका आम नेपाली नागरिकलाई स्वदेश र्फकाउन मद्दत गर्न भारत स्थित नेपाली दुतावाससंग नेपालीहरुले आग्रह गरेका छन् ।