मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल सरकार, नेपाली राजदुतावास र सरोकारवालालाई ध्यानाकर्षण पत्र

नेपाल सरकार, नेपाली राजदुतावास र सरोकारवालालाई ध्यानाकर्षण पत्र


नेपाल बिद्यार्थी संघ भारत चिफ कन्भेनरका अध्यक्ष अम्बिका प्रसाद जोशी र समाजसेवी एमबी बोहराले कोरोना भाईरसको बिषयलाई लिएर नेपाल सरकार, नेपाली राजदुतावास र सम्बन्धीत सरोकारवालालाई ध्यानाकर्षण पत्र लेखेका छन् । उहाँहरुले नेपालीको उद्दारका लागि उक्त पत्र लेखेका हुन् ।

पत्रको पूर्णपाठ सहित

नेपाल सरकार, नेपाली दुतावास तथा सरोकारवालालाई अनुरोध#

भारतमा लाखौ नेपाली काम गर्नुहुन्छ | वहाहरु मध्ये धेरै जसो अर्थतन्त्रको अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारी मजदूरको रुपमा काम गरिरहेको अवस्था छ| ब्यबसाय बन्द भएर भारतका साना ब्यबसायी, तथा उद्द्यामीहरु, दोकानदार तथा होटेल रेस्टुरेन्ट संचालकहरु आफै संकटमा रहेको हुदा धेरैको राजगारी गएको छ भने कोहि साहुले पैसा नदिएर, कोहि भरखर मात्रै घरबाट आएर काम सुरु गरेकाले खल्तीमा नगद पैशा नभएर खान बस्न समेत मुस्किल परेको अवस्थामा छन् | कसैलाई साहुले हिसाब गरेर ‘घर जा’ भनेर हिसाब गरिदिएको छ भने बाहिर पुलिस प्रशासनले निक्लिन नै दिएको छैन | आर्थिक रुपमा बिपन्न, सामाजिक रुपमा बिभेदित, र क्षेत्रीय रुपमा दुर्गम र सुदुर गाउँबाट आउने यस्तो जनसंख्या नेपालको सिमान्तिकृत समुदाय हो| नेपाल भित्र पनि यस्स्तो समस्या छ, यस्तो पिडा भएका नेपाली मात्रै होइन, करोडौको संख्यामा भारतीय मजदूरहरु पनि छन्; भारतले त आफ्ना नागरिक हेर्ला नेपालले के गर्ने? यस्तो पिडा भोग्दै गरेका भारतभरिका नेपाली दाजुभाईहरुको दैनिक सयौ फोन आईरहेको अवस्था छ | दुतावासले केहि गरेन, फोन नै उठ्दैन भनेर गुनासाहरु धेरै नै आएका छन्; हामी स्वस्फुर्तरुपमा लागेका या दबाव श्रीजना गर्न कोसिस गरिरहेका साथिहरुले पनि न सबै फोन उठाउन सक्ने अवस्था छ न हामी व्यक्तिगत रुपमा केहि गर्न सक्छौ| हामीले सक्ने भनेको समन्वय गर्न सघाउने र दबाव श्रीजना गर्ने नै हो; अनि हामी पनि आफ्नै काममा व्यस्त रहनु पर्ने बाध्यता छ| यस्तो समस्याको समयमा नै ससबोधन गर्न नसके भारतमा रहेका धेरै नेपालीहरु संकटमा त परेका नै छन् , वहाहरुमा राज्यप्रशासन बिरोधि भावना समेत बढ्ने देखिन्छ| दुतावासले गर्न चाहेर पनि मौजुदा ‘म्यानपावर’ र श्रोतले केहि गर्न सक्ने अवस्था छैन कि जस्तो लाग्छ| संघिय सरकारकै स्तरमा नै नीतिगत निर्णय गर्नु पर्ने अवास्था छ र नेपाली दुतावासले भारत स्थित नेपाली राजनीतक दलहरुका जनबर्गीय संगठनहरु ( नेपाल जनसम्पर्क समिति, भारत, प्रवासी मजदूर संगठन तथा अन्य) सुदुर पश्चिम समाज जस्ता सामाजिक संगठनहरु र सम्भब भए सम्म विद्यार्थी संगठनहरु तथा भारतकै विभिन्न सा犀利士 माजिक तथा कल्याणकारी सङ्गठनहरुको सहयोग नलिई यो समस्या समाधान हुन सक्दैन| आवास्यक्ता अनुसार नेपाल सरकारले भारत सरकारसंग सहयोग, समन्वय र सहकार्य गर्नु पर्ने हुन्छ भने प्रदेश र स्थानीय सरकारहरुले भारतमा रहेका आफ्ना नागरिकहरुको जानकारी हासिल गर्ने एबम आवश्यकताअनुसार व्यवस्था गर्नु पर्ने देखिन्छ| यसरि समन्वय, सहयोग र सहकार्यको अवस्था श्रीजना गरि राहत वितरणको आर्थिक र नैतिक मापदण्ड बनाएर भारतस्तिथ नेपाली राजनीतिक दलहरुका सम्पर्क संगठनहरु, सामाजिक संगठनहरु, विद्यार्थी संगठनहरु, नेपालबाट भारत आएर सफल उद्द्यामीका रुपमा स्थापित भएका नेपाली दाजुभाईहरु सित चाडो भन्दा चाडो समन्वय स्थापित गरि आवस्यकता आनुसार भारतको भौगोलिक आधारमा कर्फ्यु पासको व्यवस्था, गुनासो सनुवाई र सम्बोधनको संयन्त्र तथा आर्थिक संकलन र बितरणको जिम्मेवारी र मापदण्डका लागि पहल गर्न भारत स्तिथ नेपाली दुतावास र त्यस मार्फत सरकार, सबै सरोकारवाला निकाय तथा महानुभावहरुसित अपिल गर्दछु | मैले गर्न सक्ने र जानेको यहि हो तसर्थ यो धृष्टताका लागि क्षमा गर्नु होला |

अम्बिका प्रसाद जोशी अध्यक्ष, नेपाल विद्यार्थी संघ, भारत चिफ कन्भेनर, (फारम फर इन्नोभेटिभ रिसर्च एण्ड कन्स्ट्रक्टिभ डाईलोग) पी एच डी, स्कोलर (जे एन यु ) ने ज स भारत मुम्बई

एम बि बोहरा, समाजसेबि एबम नेपाली जनसम्पर्क समिति भारत