मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली जनसम्पर्क समिति भारतद्धारा संकटमा परेका नेपालीलाई सहयोग

नेपाली जनसम्पर्क समिति भारतद्धारा संकटमा परेका नेपालीलाई सहयोग


भारतको हैदराबाद भन्दा बाहिर बिकट ठाउँ मोइनाबादमा समस्यामा परेका अछामबासीलाई नेपाल जनसम्र्पक समिती भारतले सहयोग गरेको छ ।

जिल्ला कमलबजार नगरपालिका १५ जना र अन्य नेपालीलाई खाध्यान्न लगायतको व्यावसथा गरेर सहयोग गरिएको जनसम्पर्क समितिका देबेन्द्र बहादुर बोगटीले बताए ।

धेरै जना भर्खरै नेपालबाट आएका र केहि जना चाईना बनडीमा काम गरिरहेका उनिहरु कोरोना भाईरसको कारण लकडाउनले गर्दा अलपत्र अवस्थामा भएको बेला जनसम्पर्क समितीले सहयोग गरेको हो ।

उनिहरुको संग भएको खर्च समेत सकिएको र काम गर्ने ठाँउबाट मालिकले दिएको १ कट्टा चामल ४ दिन पनि नचलेको र मालिक पनि सम्पर्कमा नरहेकोले उनिहरु समस्यमा परेका थिए ।

उनिहरुको समस्या थाह पाएपछि नेपाली जनसम्पर्क समिति दक्षिण पश्चिम क्षेत्रीय परिवारको सहयोगमा क्षेत्रीय महासचिव देवेन्द्र बोगटी स्वयं त्यहा गएर खाध्यान, चामल ,दाल, तेल र नुनको व्यावस्था गरेका बताईएको छ ।

संगठनका सम्पूर्ण जिम्मेवार साथी र कार्यकर्ताहरुले आआफ्नो ठाउँमा समस्यामा परेका नेपालीहरुको सेवामा तत्पर रहेर सेवा गरिरहेका नेपाली जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेले बताए ।

जनसम्र्पक समितिका महासचिव बोगटीले संकटको यस घडिमा बिशेष आपतकालिन कोष खडा गरि अति आवश्यक परेको ठाउमा सहायोग गर्दै आएको बताए ।

भारतमा बसोबास गर्न आम नेपाली त्रसित नभएर यस संकटमा धैर्यधारण हुन आग्रह गर्दै सहयोगको लागि तत्पर हुनुका साथै संगठनले एक विज्ञप्ती जारी गर्दै संगठनका जिम्मेवार व्यक्तिको सम्पर्क नम्बर समेत सार्वजानिक गरेको छ ।

हेर्नुस विज्ञप्ती