मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम सुनचाँदी व्यावसायि संघद्धारा बयालपाटा अस्पताललाई १० हजार आर्थिक सहयोग

अछाम सुनचाँदी व्यावसायि संघद्धारा बयालपाटा अस्पताललाई १० हजार आर्थिक सहयोग


पूर्ण बहादुर खड्का, १ बैशाख, अछाम

बयालपाटा अस्पताललाई बिभिन्न क्षेत्रबाट सहयोग आउनेक्रम जारी रहेको छ । आज नयाँ बर्ष २०७७ को अवसर पारी अछाम सुनचाँदी व्यावसायि संघ अछामले कोरोना भाईरस (कोभिड १९) बिरुद्ध लड्न सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको छ ।

कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सहयोग पुगोस भन्ने हेतुले १० हजार आर्थिक सहयोग गरेको अछाम सुनचाँदी व्यावसायि संघका अध्यक्ष दिपक कुमार सुनारले बताउनु भयो ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई सहयोग खाँचो रहको बेला अछाम सुनचाँदी व्यावसायि संघले सहयोग गरेकोमा बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो ।

यस्तै परोपकारी मनहरुको सहयोगले अस्पतालाई सहयोग हुने डाक्टर गौचनको भनाई छ । संघका अध्यक्ष दिपक कुमार सुनार र सचिव किशोर सुनारले १० हजार रकम आजै डाक्टर गौचनलाई हस्तान्त्ररण गरेका थिए ।