मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई सातौँ दिनमा ७५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने घोषणा

बयालपाटा अस्पताललाई सातौँ दिनमा ७५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने घोषणा


१ बैशाख, अछाम ।

अछाम स्थित बयालपाटा अस्पतालका लागि आर्थिक सहयोग अभियान जारी रहेको छ ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न जनस्तरबाट सहयोगको अभियान सुरु गरिएको हो ।

कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोगको अभियान गरिएको थियो ।

जस अन्र्तगत आज काठमाण्डौ अछाम सम्पर्क समितिका उपाध्यक्ष भक्त बहादुर ठकुल्ला सानपा ५ ले २५ हजार ५ सय ५५, वान्नीगढी जयगढ गाउपालिकाका हाल दक्षिण कोरिया रहेका महेन्द्र बहादुर ठकुल्लाले १० हजार, साँफेवगर नगरपालिक ६ भागेश्वर हाल दक्षिण कोरियाबाट जयन्द्र भट्टले १० हजार, साँफेवगर नगर पालिका ८ चण्डिका हाल दक्षिण कोरियाबाट तपेन्द्र विष्टले १० हजार, शंकर चाड साँफेवगर नगर पालिका ५ हाल मुम्वै भारतले १० हजार , वान्नीगढी जयगढ गा.पा १ गान्ज्रा हाल जापान वाट, अनिल खड्का तथा उहाँकी श्रीमती किरण रावलले सयूक्त रुपमा १० हजार सहयोग गर्ने घोषणा गरेका छन् । यसरी आज सातौँ दिनमा जम्मा ७५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने घोषणा भएको छ ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ ( Nyaya Health Nepal- Bayalpata Hospital )
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९
 ( Bayalpata Hospital )

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।