मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका विभिन्न तहमा सहयोग गर्दै नेविसंघ अछामले मनयो ५१ औँ स्थापना दिवस

अछामका विभिन्न तहमा सहयोग गर्दै नेविसंघ अछामले मनयो ५१ औँ स्थापना दिवस


६ बैशाख, अछाम ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति अछामले जिल्लाका बिभिन्न स्थानिय तहमा सहयोग गर्दै आफ्नो ५१ औँ स्थापना दिवस मनाएको छ ।

विभिन्न समयमा रचनात्मक कार्य गर्दै आईरहेको नेविसंघ अछामले यस बिपतको घडीमा समेत आफ्नो स्थापना दिवसको अवसर पारी जिल्लाका स्थानिय तहमा सहयोगको कार्यक्रम गरेको छ ।
जस अन्र्तगत जिल्लाको मंगलसेन नगरपालिकामा नेविसंघ अछामका सचिव बम बहादुर स्वारले नगद रु १० हजार विपद व्यवस्थापन कोषमा जम्मा गर्नु भएको छ ।

१० हजार नगदको चेक सचिव स्वारले प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह लाई हस्तान्तरण गुर्नभएको थियो ।

कार्यक्रममा समाज सेवि हर्क बहादुर साउद र नेविसंघ नेता लक्ष्मी बोगटीको उपस्थिति रहेको थियो । उता ५१ औ स्थापना दिवसकै अवसरमा नेविसंघ अछामले जिल्लाको रामारोशन गाउँपालिकामा पनि खाद्यान्न बितरण गरेको छ ।

जिल्लामा लकडाउनको बेला समस्या परेका असाहय र अति विपन्न परिवारका विद्यार्थीहरु लाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

रामारोशन गाउँपालिकाको सबै वडाका अप्ठ्यारोमा परेका ८ जना विद्यार्थीलाई शनिबार गाउँपालिकाको मुजाबगरमा १ सय २५ किलो चामल ८ किलो दाल ८ लिटर तेल १६ किलो नुन र साबुन वितरण गरेको नेविसंघ अछामका सदस्य पुष्प बिष्टले बताए ।

बिद्यार्थी नेता बिष्टका अनुसार सामाजिक दुरि कायम गरी राहत वितरण गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल, कांग्रेस रामारोशनका सचिव पुर्ण बि क, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य पुष्प बिष्ट, दल ब साउदको लगायतको सहभागीता रहेको थियो ।

नेविसंघ संघले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस आफु पनि बाँच्न र अरुलाई पनि बचाउन सबैलाई सजग रहन अनुरोध गरेको छ ।

कोरोनाका कारण सामान्य जीवन जिउन अप्ठ्यारो परेकालाई नेविसंघले सहयोग गर्ने जिल्ला सदस्य बिष्टले बताए ।

यस्तै नेपाल बिद्यार्थी संघको स्थापना दिवसको अवसरमा अछाम जिल्ला स्थित बिद्यार्थी नेता उमेश कुवँरले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

नेसिबसंघ सिटिभिटीका उपाध्यक्ष समेत रहेका बिद्यार्थी नेता कुवँरले बयालपाटा अस्पतालको लागि २१ हजार नगद सहयोग गरेका हुन् ।

नेविसंघको स्थपना दिवसको अबसर पारी नेविसंघ अछामका नेता तथा सिटिईभिटीका उपाध्यक्ष साँफेबगर नगरपालिका वडा ४ निवासी उमेश कुवँरले कोरोना महामारीको रोकथामका लागि अछाम स्थित बयालपाटा अस्पताललाई २१ हजार सहयोग गरेका छन ।

कुवँरले कोरोनाको उपचारमा सहजता तथा रोकथामका लागि बयालपाटा अस्पतालको लागि थालनि गरिएको नागरिक स्तरको अािर्थक सहयोग अभियानमा समेत सहयोग गरिरहेका छन् ।

देशमा संकट आइलागेको बेला नागरिक स्तरबाट सकेको सहयोग भए कोरोना रोकथाममा केही सहज हुने भएकाले आफुले नेविसंघ स्थपना भएको सम्झानामा अस्पताललाई सहयोग गरेको उहाँको भनाइ छ ।

साथै उहाँले सबैलाई आफ्नो ठाउबाट अस्पताललाई सहयोग गरे जनताकै उपचारको लागि राहत हुने उल्लेख गरेका छन् ।

दिवस मनाउने कार्यक्रम अन्र्तगत संघले तुर्माखाद गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा पनि ६ हजार आर्थिक सहयोग गरेको छ ।

उक्त रकम सोही गाउँपालिकाका विद्यार्थी नेता कमल बिसी र नेपाल दलित विद्यार्थी सघका केन्द्रिय सचिब तथा शंकर देब क्याम्पसका बिद्यार्थी युबा नेता हेमन्त सुनारले तुर्माखाद गाउपालिकाका प्रतिनिधि तपेन्द्र न्यौपाने लाई हस्तान्तरण गरेका छन ।

रकम हस्तान्त्ररण कार्यका लागि क्षेत्रीय प्रतिनिधि जनक बिष्ट, बिद्यार्थी नेता भरत चलाउने, दिपेन्द्र सुनार, दिपक न्यौपानेको सहयोग रहेको बताईएको छ ।

संकटको बेला यस्तो आर्थिक सहयोग गरेको भन्दै तुर्माखाद गाउँ पालिकाले नेबिसंघलाई धन्यवाद ज्ञापन गरेको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि अछाम जिल्ला का १० वटै स्थानिय तहमा स्थापना दिवस मनाउने निर्णय भएको संघका सचिव बम बहादुर स्वाँरले बताए ।

बिभिन्न समयमा रचनात्मक कार्य गर्दै आईरहेको नेसिबंघले बिद्यार्थीका समस्या समाधानका लागि नेतृत्वदायि भुमिकाका साथै सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेको छ ।

जिल्लामा पनि नेविसंघ समाज परिर्वतन र बिद्यार्थीका हक हितका लागि लड्दै आईरहेको नेविसंघका जिल्ला सचिव बमबहादुर स्वारले बताए ।

विगतका वर्षहरु झै स्थापना दिवस मनाउन नसकिए पनि विभिन्न ठाउँहरुमा रचनात्मक काम गर्दै स्थापना दिवस मनाइएको नेविसंघ अछामले जनाएको छ ।

२०२७ साल बैशाख ६ गते गठन भएको नेपाल विद्यार्थी संघ स्थपाना भएको शनिबार ५१ बर्ष पूरा भएको छ ।

यति बेला पक्ष विपक्ष देश विदेश नभनी मानव जातीको जीवन रक्षाको लागि सम्पूर्ण राजनीतिक कर्मी युवा विद्यार्थी समाजसेवी व्यापारी पत्रकार लगायत सम्पूर्ण सचेत नागरिक ले आ आफ्नो गाउँ ठाउँ र समाजमा नागरिक लाई सकारात्म संदेश दिँदै कोरोना महामारी बाट आफू पनि बचौ र अरूलाई पनि बचाउने उपायको बारेमा जानकारी गराउन नेविसंघ अछामले अपिल गरेको छ ।

सरकारको निर्णय पूर्ण पालना गर्न र समस्यामा परेका मजदुर किसान गरीब विपन्न वर्गको बारेमा सम्बन्धित निकाय अर्थात् स्थानिय निकाय प्रहरी प्रशासनलाई जानकारी गराई समस्या समधान तरफ एक जुट हुन आग्रह गरिएको सचिव स्वारले बताए ।