मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालागाउँ हेल्प ग्रुपद्धारा वडालाई राहत सामाग्री हस्तान्तरण

कालागाउँ हेल्प ग्रुपद्धारा वडालाई राहत सामाग्री हस्तान्तरण


अछाम ।
कालागाउँ हेल्प ग्रुपद्धारा मंगलसेन गरपालिका वडा नम्बर १४ कालागाउँमा राहत सामाग्री हस्तान्तरण गरेको छ । कालागाउँ जन्म भूमी भई कैलाली, बर्दिया, नेपालगञ्ज, काठमाण्डाँै बसोबास गर्ने, रोजगारीको शिल–शिलामा विदेशमा रहेका र गाउँमा रहेका यूवाहरुको पहलमा सामाजिक सञ्जालमा बनाएको कालागाउँ हेल्थ ग्रुप अग्निष्ट कोभिड–१९ नामक गु्रपद्धारा संकलित राहत सामग्रि वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

कोभिड–१९ रोग संगै लकडाउनबाट गाउँमा प्रभाव पर्न सक्ने भन्दै स्वतः स्फुर्त रुपमा सक्दो सहयोग गरी तत्काल सम्पूर्ण घर–परिवारलाई दुई किलोग्राम नुन र दुई गोटा डिटोल साबुन पु्ग्ने गरि १० क्वीन्टल आयोडिन नुन र एक हजार गोटा डिटोल साबुन वितरण गर्ने गरी वडा नम्बर १४ का वडा अध्यक्ष तेज बहादुर भण्डारीलाई हस्तान्त्रण गरिएको हो ।

लकडावन बाट प्रभावित गाउँवासिलाई नुनको अभाव टार्न र कोभिड–१९ को संक्रमणबाट बच्न हात धुने बानिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सामाजिक संजाल मार्फत समुह बनाएर गाउँ बाहिर रहेका र गाउँ भित्रै रहेका युवाहरु बिच समन्वय गरी करिव दुई लाख रकम सहयोग उठेको र सहयोग गर्ने क्रम निरन्तर चलिरहेको जनाईएको छ ।

राहत सामग्री खरिद गरि वचत रहेको रकमलाई वडामा हुन सक्ने कोरोना लगायत अन्य समस्या समाधानमा प्रयोग गर्न सकिने समूहले जनाएको छ । विपद् परेको बेला राज्यको मुख ताकेर मात्र समस्या समाधान नहुने भन्दै यूवाहरुले आफ्नो जिम्मेवारीलाई पनि पुरा गर्न सामाजिक कार्यको थालनी गरिएको युवाहरुले बताएका छन् ।

विशुद्ध परोपकारी उद्धेश्यका साथ सुरु गरिएको कार्य भएकोले यो समुहमा गैर राजनितिक समुहका रुपमा आफुहरुले सामाजिक सञ्जाल मार्फत अभियान चलाएको बताईएको छ । सामाजिक संजालमा स्थापना गरिएको समुहको मुख्य अभियान्ताको रुपमा सुरेन्द्र सोडारी र लोचन रेग्मी लगायतका युवाहरु सक्रिय रहनु भएको छ ।

हाल सम्म करिब ३८ जना विभिन्न पेशा व्यावसाय तथा वैदेशिक रोजगारमा संग्लन व्याक्तिले सहयोग गरि सकेका छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष तेज बहादुर भण्डारी, उक्त समुहका सदस्यहरु राजिव सोडारी, जनक सोडारी नेत्र सोडारी, कुमार भण्डारी, कृष्ण सोडारी, मान बहादुर सोडारी, खकेन्द्र सोडारी लगायतको उपस्थिति रहेको थियो । समूहले राहत सामग्रि ढुवानीमा सहयोग गर्ने मंगलसेन नगरपालिका र भक्त मिझारलाई धन्यवाद ज्ञापन गरेको छ ।