मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न सकेन : पूर्व मन्त्री शाह

नेकपाको सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न सकेन : पूर्व मन्त्री शाह


अछाम ।

पूर्व सूचना तथा संचार राज्य मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोबिन्द बहादुर शाहले नेपाली काङ्ग्रेसका सम्पुर्ण कार्यकर्ताले कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग गरीरहेको बताएका छन् ।

नेता शाहले यो संकटको घडीमा पार्टी भाव मात्र नराखी सबैले मिलेर अगाडी बड्नु पर्ने बताएका हुन् । नेपाली कांग्रेस जस्तो सहयोगी प्रतिपक्ष पार्टी हुदाँ पनि नेकपाको सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न नसकेको आरोप लगाउनु भएको छ ।

नेता शाहले नेपालमा कोरोना परीक्षण एकदमै कम भएको बताउदै जति धैरै परीक्षण गर्न सक्यो त्यति नै छिटो कोरोना नियन्त्रण गर्न सकिने बताए ।

उनले जनताले लकडाउनको पालना गरी पुर्ण रुपमा सहयोग गरीरहेकाले सरकारले पनि हेलछेक्राई नगरी कोरोना नियन्त्रणका लागी गरेका पहलहरु लागु गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपालीको स्वास्थ्य अवस्था राम्रो रहेकाले कोरोना संक्रमण हुदैैन भन्ने हल्ला सुनिने आएकोमा त्यस्तो हल्लाका पछि नलाग्न आग्रह गर्नुभएको छ ।

पूर्व मन्त्री नेपालमा कोरोनाको एकदमै जोखीम बढेका कारण लापरबाही नगरी सम्पूर्ण राजनितीक दलका नेता देखी लिएर सम्पूर्ण सर्वसाधारण समेतलाई कोरोनाबाट जोगीन र नियन्त्रण सहयोग गर्न आग्रह समेत गरेका छन् ।