मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतर्फी दबाबपछि पछि हट्यो सरकार, दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस

चौतर्फी दबाबपछि पछि हट्यो सरकार, दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस


चौतर्फी दबाबपछि सरकारले हालै ल्याएका दुई वटा अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनकै बीच वैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फी विरोध भइरहेको छ।

राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन अध्यादेशबाट पारित गराएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सत्तारुढ दल नेकपाभित्र र बाहिर विवाद बढेको थियो।

नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ जना नेताले २४ घण्टाभित्र अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी ओलीलाई बिहीबार नै चेतावनी दिएका थिए।

संविधानको धारा १४४ को उपधारा ख मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। – nepalsamaya