मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र ओली पक्षबीचको वार्ता विना निष्कर्ष टुंगियो

नेपाल र ओली पक्षबीचको वार्ता विना निष्कर्ष टुंगियो


काठमाडौं- सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार पक्षबीच सोमबार भएको वार्ता विनानिष्कर्ष सकिएको छ।

नेपाल पक्षले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गरेको थियो। तर, ओली पक्षधरले भने सबै समस्याको सामाधन गरेपछि मात्रै बैठक बोलाउन सकिने अडान लिएकाे छ।

वार्तामा सहभागी नेपाल पक्षका नेता भीम रावलका अनुसार छलफलमा सबै समस्या समाधानका लागि सचिवालय र स्थायी कमिटी बैठक बोलाउन सुझाव दिइएको छ। तर, ओली पक्षले अस्वीकार गरेको छ। रावलका अनुसार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव बैठकमा उठेको छैन। तर नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागू गर्ने अडान लिएका थिए।

साेमबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु छलफलमा जुटेका थिए।

बैठकमा ओली पक्षबाट उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत तथा नेपाल पक्षबाट स्वयम् नेपाल, रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।