मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रेस स्वतन्त्रतालाई संकुचन गरेर समृद्धिको यात्रा अघि बढ्न सक्दैन’

‘प्रेस स्वतन्त्रतालाई संकुचन गरेर समृद्धिको यात्रा अघि बढ्न सक्दैन’


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रेस स्वतन्त्रतालाई संकुचन गरेर समृद्धिको यात्रा अघि बढ्न नसक्ने बताएका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको ‘नेपालमा प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक डिजिटल संवादमा नेता रिजालले प्रेस स्वतन्त्रतालाई संकुचन गर्न नहुने भन्दै यस्तो बताएका हुन् । “सञ्चार जगतको स्वतन्त्रतालाई संकुचन गर्न पाइँदैन । सञ्चारगृह जति जिम्मेवार हुन्छन्, त्यसलाई संकुचन गर्न चाहने मानिसहरु त्यति कमजोर भएर जान्छन्,” नेता रिजालले भने, “अहिले विश्वभरि नै प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने ट्रेन्ड छ । संकुचन गर्ने हो भने प्रजातन्त्र पनि कमजोर हुन्छ । समृद्धिको यात्रा पनि अघि बढ्न सक्दैन ।”

त्यस्तै उनले नेपालमा कम्युनिस्ट पार्टीको सरकार हुँदा आफुलाई मन नपरेको कुरा छापिना साथ सीधै तीमाथि आक्रमण गर्ने गरेको पनि बताए । अहिले आफ्नाविरुद्ध लेख्ने, बोल्नेलाई कारबाही गर्न थालिएको भन्दै कम्युनिस्ट स्कुलिङबाट आएकाहरुमा आलोचना सहने क्षमतै नभएको पनि बताए । प्रेसले आफूलाई मन नपरेको कुरा लेखे पनि त्यसलाई सहज रुपमा स्विकार्नुपर्ने बताए । 

आफू सञ्चारमन्त्री हुँदा मधेसमा रेडियो बन्द गर्न र केही अनलाइन बन्द गरिदिनुपर्‍यो भनेर दबाब आए पनि आफूले त्यसो नगरेको स्मरण गरे । – baarahkhari