मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लम्पसारबाद !

लम्पसारबाद !


  • अमरदिप शर्मा

लम्पसारबाद !
पोखेर जोख्न, खोजेको होईन,
यो हिजो अस्ति, नजिकै जोखिएकै छ,
नियती र प्रवृती, फरक बिषय नै हुन,
प्रश्न हो, लम्पसारबादी को ??

उ हिजो मोर्चामा छदा,
मिठा सिद्दान्तमा, निल्नु न ओकेल्नु हुदा,
हतियारको घेरा नाघेर,
मालिकको खुट्टा ढोगेर,
परिवारको रक्षा गर्ने,
हर एक परिक्षामा नडर्ने,
मालिकले बिद्रोहको स्वरुप,उसैलाई देख्ने,
फर्के ! सिद्दान्त पढाउनेले, गोलि ठोक्ने
परिचय नभएको नखुलेको, लम्पसारबादी !!

अनि आज गणित खेलाउदै,
सत्ता र शक्तिको मोह देखाउदै,
अधिकारको छाप हानेका माथी नै,
एकतन्त्री शासनको झै, रवाफ देखाउदै
निर्धाको कानुन मास्न जानेको,
खिस्सी र ठट्टामा ईश्वर मानेको,
मैले देखेको त्यो, कस्तो लम्पसार बादी !!

मेरो प्रकृती, सबै प्रवृतीको मर्म बुझ्छ
नसोच, निर्धा र गरिबले मात्र, धर्म बुझ्छ !
भौतिकता त, क्षणिक गुणवान न हो
सुर्यको प्रकाशसङ्ग, चम्किने जून हो यो !
हामी उभ्भिने जमिन शिच्न, सुर्य आउदै गर्दा
पानीले झर्दै र उभिदै, शितलता छाउदै गर्दा
सकिन्छ छुट्याउ, लम्पसारबादी को ??