मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी समिति बैठक अनिश्चित : प्रवक्ता श्रेष्ठ

नेकपा स्थायी समिति बैठक अनिश्चित : प्रवक्ता श्रेष्ठ


काठमाडौं – नेकपा स्थायी समितिमा प्रस्तुत गर्ने एजेन्डा तयार हुन नसकेपछि बिहिबार बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ।

बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले स्थायी समिति बैठकमा पेस गर्ने कार्यसूची तयार पार्न समय मागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार २० गतेको सचिवालय बैठकको मर्मअनुरुप प्रस्ताव तयार नहुँदा स्थायी बैठक अनिश्चित भएको हो । दुइ अध्यक्षबीचको छलफलले बैठकको टुंगो लगाउने उनको भनाइ छ।

बुधबार बसेको सचिवालय बैठकमा आफ्नो विशेष काम परेको जानकारी गराए प्रधानमन्त्री ओली बाहिरिएको प्रवक्ता श्रेष्ठले बताए। स्थायी समितिका २० सदस्यले माग गरेपछि गत २० गते बसेको सचिवालय बैठकले २५ गतेका लागि स्थायी समिति डाकेको थियो ।

बैठक तोकेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटकपटक छलफल भएको थियो । यस्तै ओली र दाहालले सचिवालयका अन्य नेताहरूसँग सामूहिक र एक्लाएक्लै भेट तीव्र पारेका थिए।