मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘फ्रन्टलाइनमा काम गरिरहेका सबैको स्वास्थ्य परीक्षण गरौं’ – गगन थापा

‘फ्रन्टलाइनमा काम गरिरहेका सबैको स्वास्थ्य परीक्षण गरौं’ – गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले फ्रन्टलाइनमा काम गरिरहेकाहरुलाई तत्काल परीक्षणको दायरामा ल्याउनुपर्ने बताएका छन् । बिहीबार सांसदहरुको स्वाब परीक्षण भएपछि बाह्रखरीसँग कुरा गर्दै उनले सांसदको मात्र नभई फ्रनटलाइनमा काम गरिरहेका सबैलाई परीक्षणको दायरामा ल्याउन सुझाएका हुन् । 

“बहुसँख्यक सांसदहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । लकडाउनपछि नै मैले सयौं मानिसहरुसँग भेटघाट गरेँ । हाम्रो कामको प्रकृति नै त्यस्तै छ । सांसद, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी जो लकडाउनमा पनि घरमा बसेनन् । आआफ्नो कामले गर्दा उनीहरु धेरै मानिसको सम्पर्कमा पुगेका छन् ।

जताततै भेटघाट गरिरहेका छन् । त्यसकारण अहिले जो फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन्  सबैको अहिले परीक्षण गर्नुपर्छ,” पूर्वस्वास्थ्यमन्त्री समेत रहेका  प्रतिनिधिसभाका सांसद थापाले भने, “उनीहरुको परीक्षण गर्ने कुराले आफू जोगिने र संक्रमित रहेछ भने फैलनबाट व्यापक रुपमा जोगाउँछ ।

यदि रैनछ भने पनि कोरोना भाइरसको फैलावट कस्तो रहेछ भने सरकारलाई  र हामीलाई पनि धेरै कुरा थाहा पनि हुन्छ ।” उनले सांसदहरुको परीक्षणपछि अब देशैभरि फ्रन्टलाइनमा बसेर काम गरेका मानिसहरुलाई परीक्षणको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।