मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार सत्ताकै खेलमा अल्झियो : कांग्रेस नेता पौडेल

सरकार सत्ताकै खेलमा अल्झियो : कांग्रेस नेता पौडेल


अत्तरिया – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सत्तारुढ दल नेकपा सत्ताकै खेलमा अल्झिएको आरोप लगाए । देश कोरोना महामारी बिरुद्ध लडिरहेको बेला देशकै ठुलो दल नेकपा सत्ताको खेलमा लाग्नु दुखद भएको भन्दै नेता पौडेलले यसले गर्दा कोरोना रोकथाम तथा नियन्त्रण कार्य प्रभावित भईरहेको छ ।

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका यूवा नेता पौडेलले नेपाल सरकारले जारी गरेको लकडाउनको ४६ दिन पूरा भईसक्दा पनि कोरोना नियन्त्रणको लागि ठोस कदम लिन नसकेको आरोप लगाए । स्वास्थ्य परीक्षणको लागि किट समेत उपलव्ध गराउन नसक्ने सरकारबाट ठुलो अपेक्षा गर्न नसकिने नेता पौडेलको भनाई छ । परिक्षण किटको अभावमा कोरोना परिक्षण रोकिएको छ, देशमा यो भन्दा ठूलो अरु के विडम्वना हुनसक्छ उनले भने ।

(कोभिड (१९ ) कोरोना भाईरस बिरुद्ध लड्न पक्ष बिपक्ष नभनेर लक डाउनको पालना गरी एक अर्कालाइ सहयोग गर्नु पर्ने र कोरोनाको जोखिममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत नागरिकहरुको मनोबल उच्च राख्न सरकारले ठोस पहल गर्नुपर्ने बताए । भारतका सिमा नाकामा अलपत्र परेका नेपाली नागरिकहरुलाइ नेपाल ल्याउन नसक्ने सरकारबाट खाडी मुलुकमा रहेका नेपालीहरुलाइ सरकारले नेपाल ल्याउछ भन्ने कल्पना गर्न नसकिने उनले स्पष्ट पारे ।

नेपाली कांग्रेसले अब सरकारले गर्ने काम, विदेशमा रहेका नेपालीहरुलाइ कसरी नेपाल फर्काउन सकिन्छ, आर्थिक अवस्था कसरी उकास्नु पर्छ लगायतका काममा खबरदारी गर्ने उनको दाबि छ । राहात वितरणमा अनियमितता भएकाले राहात वितरण गर्दा आफ्नो पराइ नभनी मानवताको आधारमा राहात वितरण हुनु पर्ने नेता पौडेलले बताए ।