मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले लिपुलेक हुँदै सडक खोलेको विषयमा कांग्रेस द्वारा सरकारको धारण माग

भारतले लिपुलेक हुँदै सडक खोलेको विषयमा कांग्रेस द्वारा सरकारको धारण माग


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्गको उद्‌घान गरेको विषयमा सरकारको धारण माग गरेको छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले शुक्रबार प्रधानमन्त्रीलाई मेन्सन गरिएको ट्विटमा लिपुलेक नेपालको भूमि भएकोमा प्रस्ट भएको बताउँदै लेखेका छन्, “चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौं ।”

उनले थपेका छन्, “नेपाली भूभागबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्‍न, सरकारको दायित्व पुनः स्मरण गराउँदछौं ।” 

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्स भारतको धार्चुलादेखि नेपाली भूमि लिपुलेक हुनै चीनको मानसरोवर जाने सडक मार्ग उद्‌घान गरेका हुन् ।