मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघका पूर्व केन्द्रिय सदस्य रोकायाको पहलमा विद्यार्थी तथा मजदुरलाई राहत वितरण

नेविसंघका पूर्व केन्द्रिय सदस्य रोकायाको पहलमा विद्यार्थी तथा मजदुरलाई राहत वितरण

सुदूर आज

नेपाल विद्यार्थी संघले काठमाडौ उपत्यकामा डेरा गरि बस्दै आएका विद्यार्थी तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका विद्यार्थी र मजदुरहरुलाई नेविसंघका पुर्ब केन्द्रिय सदस्य तथा नेपाली काङ्ग्रेसका युवा नेता लोकेन्द्र रोकाया लगायत नेपाली काङ्ग्रेस बझाङका नेताहरुले काठमाडौ उपत्यकामा राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।

यस्तो माहामारी तथा संकटको अवस्थामा पनि आफ्नै जनता प्रती सरकार उदासिन देखेपछि उहाँहरुले हिजो शुक्रबार सम्म ९ सय ९६ जनालाई राहत वितरण गरि सहयोग गरेका छन् ।

विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौको गोङ्गबु,धापासी,कालिमाटी,सामाखुसी,कृतिपुर,सुन्दरिजल,कलङ्की,थानकोट लगायतका ठाउँमा र स्वयम्भू स्थित दलित विद्यार्थी छात्राबास , ललितपुर-भक्तपुरको कोटेश्वर ,सातदोबाटो,इमाडोल लगायत अन्य ठाउहरुमा डेरा गरि बस्दै आएका विद्यार्थीहरु तथा मजदुरहरुको कोठामै गएर खाद्यान्न सामाग्री वितरण गरेको नेविसंघका पुर्ब केन्द्रिय सदस्य तथा नेपाली काङ्ग्रेसका युवा नेता लोकेन्द्र रोकायाले बताए ।

बृहत् राहत बितरण कार्यमा अग्रसर देखिएका नेबिसंघ पुर्ब केन्द्रीय सदस्य रोकाया बझाङ जिल्लाको छान्ना भन्ने ठाउँमा जन्मिएका हुन् । उनको राजनितिक पृष्ठभुमि हेर्दा सुदुरपश्चिमको धनगढीमा अवस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनकै क्रमबाट सुरुवात भएको देखिन्छ । नेता रोकाया वर्तमान समयमा नेबिसंघ तदर्थ कमिटीले पुर्णता पाए सुदुरपश्चिम प्रदेशबाट केन्द्रीय उपाध्यक्षका सम्भाबित उम्मेद्वार हुने चर्चामा रहेका छन ।