मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुटनीतीक पहल गरेर सीमा बिवाद हल गर्नुपर्ने : प्रतिनिधी सभा सदस्य ठगुन्ना

कुटनीतीक पहल गरेर सीमा बिवाद हल गर्नुपर्ने : प्रतिनिधी सभा सदस्य ठगुन्ना


कैलाली

नेकपा नेता तथा प्रतीनिधी सभा सदस्य गणेश ठगुन्नाले भारतले कब्जा गरेको भुभाग नेपालको रहेको ऐतीहासीक तथ्यहरु समेटेर संसदमा सकल्प दर्ता गरेको बताएका छन् । नेता ठगुन्नाले सीमा बिवाद संसदमा बहसको बिषय बनिरहेकाले पनि प्रस्ताव दर्ता गरेको बताए ।

आफुले दार्चुलाको ब्यास गाउपालीकामा सशस्त्र प्रहरीको बेस क्याम्प र्निमाणको लागी स्थलगत निरीक्षण गरेको बताए । गर्न गएको उनको भनाई छ । भुमि समस्या धेरै पहिले देखी भएपनि आजसम्म कसैले नबोलेको उहाँको आरोप छ ।

सीमा बिवाद नेपाल सरकार एक्लैले हल गर्न नसक्ने बताउदै उहाले भारतसंग कुटनीतीक पहल गरेर सीमा बिवादको हल गर्नुपर्ने बताउनुभएको छ । नेपालको भुमी आफ्नो देशको नक्सामा समेटर फिर्ता ल्याउनु नै अहिलेको अपरिहार्य आवश्यक्ता र समस्या समाधानको बाटो भएकोमा उनको जोड छ ।

पार्टी भीत्र केही सामान्य बिबाद रहेपनि त्यसलाई उचीत समयमा सामाधान गर्नुपर्ने बताउदै अहिले देश ठुलो माहामारीमा परेका कारण उक्त सबैले महामारी बिरुद्ध एकजुट भएर लाग्नुपर्ने बताए ।

अहिलेको सरकारले राम्रै काम गरीरहेको बताउदै नेता ठगुन्नाले आफुले चुनेको सरकारको समर्थन गर्नुलाई गुटबन्दी भनीनु गलत भएको धारणा ब्यक्त गरे । राजनितीक द्धन्द बढाउने तिर नलागी जनताको सुरक्षालाई मध्यनजर गर्नुपर्नेमा उनको जोड छ ।