मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अलपत्र नेपाली नागरिकको तत्काल उद्धार गर्न कांग्रेस अछामको माग

अलपत्र नेपाली नागरिकको तत्काल उद्धार गर्न कांग्रेस अछामको माग

सुदूर आज

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियानमा क्रियासिल सबैमा कांग्रेस अछामद्धारा सम्मान व्यक्त

पूर्ण बहादुर खड्का, अछाम ।

भारतका विभिन्न स्थान र सिमा नाकामा अलपत्र अछाम सहितका सबै नेपाली नागरिकको तत्काल उद्धारका पहल चाल्न नेपाली काङ्ग्रेस अछामले संघिय र प्रदेश सरकारसंग जोडदार माग गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस अछामले सिमा क्षेत्रमा आएर अलपत्र परेका नागरिक प्रति सरकारको रबौया देखाउनु खेदजनक भएको ठहर गरेको छ ।

कांग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वाँरद्धारा जारी विज्ञप्तीमा लकडावन पछि रोजागारी छुटेर नेपाली नागरिकले ज्यान गुमाउदा पनि संघिय तथा सुदुरपश्चिम प्रदेश सरकारले आफ्ना नागरिकको पिडालाई गम्भीरतापूर्वक नलिनु एकदैम दुखद भएको उल्लेख गरेको छ ।

रोजगारदाताले अमानवीय व्यबहार देखाउदै कामबाट निकाले पछि आफू अभिभावक रहेको ६ जनाको लागि गास, बासको प्रवन्ध गर्न नसक्दा भारतको गुजरात राज्यको राजकोटमा बान्नीगढी गाउपालिका जनालिकोट घर भएका सेरे हुडकेले केहि दिन अघि आत्महत्या गरेका सभापति स्वाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

स्वर्गीय हुडके प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै हुड्के परिवारलाई कांग्रेस अछामले सहयनेग गर्ने प्रतिबद्धता समेत विज्ञप्तीमा गरिएको छ भने अलपत्र हुडके परिवारलाई तत्काल राहर र उद्धारका लागि नेपाली जनसपर्क समितीलाई आग्रह र बान्निगढी जयगढ गाउँ पालिका अध्यक्षलाई निर्देशन गरिएको छ ।

भारतका विभिन्न राज्यमा अलपत्र नागरिकको राहत र उद्धारका सम्बन्धमा संघिय र प्रदेश सरकार तथा भारतको नयाँ दिल्ली स्थित नेपाली राजदुतावासको निष्क्रियता प्रती खेद प्रकट गर्दै कांग्रेस अछामले विभिन्न स्थान र सिमानामा अलपत्र नेपाली नागरिकको तत्काल उद्धारका तथा पहल चाल्न आग्रह गरेको छ ।

साथै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियानमा क्रियासिल अछाम स्थित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सन्चारकर्मी लगायतको उच्च प्रशंसा गर्दै भारतमा अलपत्र नेपाली नागरिकको राहत र उद्धारमा सक्रिय नेपाली जनसम्पर्क समिति लगायत संघ, संस्था प्रती विज्ञप्ती मार्फत सम्मान व्यक्त गरेको छ ।

सरकारले पीसीआर परीक्षणको दर बढाउन नसक्दा कोरोना महामारीको जोखिमबाट ढुक्क हुने अवस्था नभएको भन्दै कांग्रेस अछामले सामाजिक दूरी बनाएर मात्र काम गर्न अपिल गरेको छ भने गाउँ घरमा जिल्ला बाहिरबाट आउने सबैले क्वारेन्टाइनमा बसेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।

बिश्व नर्स दिवसको अवसरमा उच्च मनोबलका सक्रिय नर्सलाई शुभकामना

यस्तै आज आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२ अर्थात बिश्व नर्स दिवसको अवसरमा कोरोना भाइरसको असरबाट उत्पन्न बिपतको समयमा पनि उच्च मनोबलका साथ कार्यक्षेत्रमा सक्रिय सबै नर्सलाई समेत विज्ञप्ती माफृत शुभकामना व्यक्त गरिएको छ ।

विज्ञप्तीको पूर्ण पाठ यस्तो छ ।