मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतिय अतिक्रमणका बिरुद्ध सरकार गम्भिर नभए आन्दोलनको आँधिबेहरी गर्ने नेबिसंघ अछामको चेतावनी

भारतिय अतिक्रमणका बिरुद्ध सरकार गम्भिर नभए आन्दोलनको आँधिबेहरी गर्ने नेबिसंघ अछामको चेतावनी


पूर्ण बहादुर खड्का, अछाम ।

राष्ट्रियताको पक्षमा दृढ संकलप नलिई नेकपाको सरकार भारत सामु लम्पसार परेको नेपाल बिद्यार्थी संग अछामले आरोप लगाएको छ । ६ महिना पहिले देखि नै भारतले नेपालका कालापानी लगायतका भुभाग आफ्नो नक्सामा प्रकाशित गर्दा पनि यो सरकार मुख दर्शक बनेको नेविसंघ अछामको ठहर छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदैँ नेविसंघले राष्ट्रियता, अखण्डता र देशको भुभाग रक्षाका लागि सरकारलाई खबरदारी गर्दै ध्यार्कषण गराएको छ ।

ज्ञापन पत्र बुझाएपछीको तस्विर

राष्ट्रियता संकटमा परेको भन्दै नेबिसंघ अछामले यसबेला सरकारले गम्भिरताका साथ आफ्नो महत्वपूण भुमिका निर्वाह गर्दै दृढ अडान लिएर काम गर्न नेविसंघ अछामले ज्ञापन पत्र मार्फत आग्रह गरेको छ ।

सरकार अझै पनि गम्भिर नभएमा भारतिय अतिक्रमणका बिरुद्ध र सरकारको लम्पासरबादका बिरुद्धमा नेबिसंघले आन्दोलनको आँधिबेहरी गर्ने चेतावनी समेत दिएको छ ।

नेविसंघ अछामका सचिव बम स्वारको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा जिल्ला सदस्य पुष्प बिष्ट, पुर्ण बहादुर बिक, नेविसंघ अछाम काठमाडौ सम्पर्क समितिका कार्यबहाक सभापति सुशील कुवर, नेविसंघ नेतृ लक्ष्मी बोगटी लगायतको उपस्थित रहेको थियो ।

यस्तो छ ज्ञापन पत्र