मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघले बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

नेविसंघले बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र


काठमाडौं । नेपाल विद्यार्थी संघले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । 

नेविसंघले लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड तथा गिरफ्तारी र सन् २०१५ मा भारत–चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । 

अध्यक्ष ढुंगानाले ७७ वटै जिल्लाले केन्द्रको परिपत्रअनुसार प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधका क्रममा अध्यक्ष ढुंगाानसहितका १०० नेविसंघ नेता–कार्यकर्तालाई सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सोमबार राति ८ बजे रिहा गरेको थियो । 

यसअघि गत शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ ।