मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशको पूर्ण नक्सा नभएको लोगो लगाउदैँनौ भन्ने हिम्मत साँसदलाई छ ?

देशको पूर्ण नक्सा नभएको लोगो लगाउदैँनौ भन्ने हिम्मत साँसदलाई छ ?


पूर्ण बहादुर खड्का, अछाम ।

नेपाली कांग्रेस अछामका पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगानाले नेपालको पूर्ण नक्सा नभएको लोगो लगाउदैँनौ भन्ने हिम्मत गर्न साँसदहरुलाई चुनौती दिएका छन् । नेपाल सरकारको लोगोमा राखिएको नक्सा बिबादित देख्दा देख्दैँ किन साँसदहरुले छातीमा झुण्ड्याएका छन् भनेर उपसभापति ढुंगानाले प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत कांग्रेस यूवा नेता ढुंगानाले कालापानी, लिम्पियाधुरा लगायतको क्षेत्र नसमेटिएको नक्साको लोगो नलगाउन आआफ्ना साँसदलाई दबाद दिुनपर्ने बताएका छन् । बिबादित नक्सा भएको लोगो खोलेर सचिवायल बुझाउनु पर्ने र नेपालको पुरानो नक्सा सहितको लोगो माग गर्न साँसदहरुलाई आग्रह गरेका छन् ।

नेताहरु देशको मायाले गर्जेका हुन् कि पद नपाएर त्यसपछि प्रष्ट हुने भन्दै प्रश्न गर्दै नेता ढुंगानाले सड्कमा कराउन पनि नपर्ने लकडाउन पनि उलंघन नहुने उल्लेख गरेका छन् ।