मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकृतिले याे ठाउँमा गहिराे पिरथी लायाे

प्रकृतिले याे ठाउँमा गहिराे पिरथी लायाे


  • योग यात्री बिष्णु

सुदूरकाे सुन्दर भूमि खाेकलेगैरा गाउँ ।
गाउँ भित्रकाे गाउँ भन्याँ वेदप्रकाश हाे नाउँ ।।

लेकवेशी क्या मिल्याकाे तल खेत सेराे ।
नराेकियाेस वेद जीकाे कलम धन्यवाद छ मेराे ।।

सिचाइलाइ प्रसस्तै पानी पिठाे पिस्ने घट्ट ।
प्रकृति वर्दान हेर क्या मिल्याकाे चट्ट ।।

धुरेला माइ जाल्पादेवी शिरानीमा हेर ।
गाेडेनमा झरना छडि पाैडि खेल्दै वेर ।।

डकर्मि, सिकर्मि ,शिक्षक अन्य पेशा कति ।
यस ठाउकाे विकाश गर्न अावश्यक छ अति ।।

असल ज्ञानी मान्छे जन्मउन जन्मि जाउन कवि ।
राष्ट्र मै चम्किलाे हाेइ जाउ खाेकलेगैरा छवि ।।

बाटाेघाटाे,पुलपलेसा भर्खर बत्ती अायाे ।
प्रकृतिले याे ठाउँमा गहिराे पिरथी लायाे ।।

माैसमि सबै चिज फल्छ वेमाैसमी पनि ।
सरकारलाइ विन्ति नै गर्छाै विकाश गर्देउ भनि ।।

सुदूरपश्चिम अछाम जिल्ला खाेकलेगैरा गाउँ ।
दुइ चार गीत राख्ने वाला विष्णु खड्का नाउँ ।।