मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्ष्मी लघुबित्त संस्थाद्धारा साँफेबगर नगरलाई आर्थिक सहयोग

लक्ष्मी लघुबित्त संस्थाद्धारा साँफेबगर नगरलाई आर्थिक सहयोग


अछाम ।

लक्ष्मी लघुबित्त संस्था साँफेबगर शाखाले नगरपालिकालाई आर्थिक सहयोग गरेको छ। लघुबित्त संस्थाले साँफेबगर नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ ।

संस्थाका शाखा प्रबन्ध हिमाल सिंह बिष्टले नगद रु. १० हजार नगर प्रमुख कुल बहादुर कुवँरलाई हस्तान्त्रण गर्नुभएको छ ।

देशभर कोरोनाको संक्रमण फैलिएका बेला अछाममा पनि यसको संक्रमण देखिएको भन्दै रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरेको शाखाले जनाएको छ ।

संकटको घडिमा आर्थिक सहयोग गरेको भन्दै नगर प्रमुख कुवँरले शाखालाई धन्याद ज्ञापन गर्नुभएको थियो ।